
धादिङ मंसिर ७ । धादिङबेसी सदरमुकाममा रहेको जिल्ला कै पहिलो नीलकण्ठ बहुमुखी क्याम्पस २१ औं वर्षमा प्रवेश गरेको छ ।
शनिबार साँझ सञ्चालक समिति सदस्य, प्राध्यापक, कर्मचारी र केही विद्यार्थीहरु मिलेर क्याम्पसको भवनलाई झिलिमिली पारि दिपावली गरेर र २१ औं स्थापना दिवस मनाईएको हो ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन (QAA) प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पस ०५७ साल मंसिर ६ गते स्थानीय भीमेसन कुमार श्रेष्ठ, रामनाथ अधिकारी, सम्भुकुमार श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, भूपेन्द्रकुमार श्रेष्ठ लगायतको नेतृत्वमा संचालनमा आएको थियो ।
स्थापना दिवसको अवसरमा धादिङपोष्ट सँग कुरा गर्दै क्याम्पस प्रमुख नवराज शर्मा भन्नु हुन्छ, नीलकण्ठ बहुमुखी क्याम्पस खुला पुस्तक हो । समुदायबाट स्थापित र समुदायबाट नै सञ्चालिन यस क्याम्पस सबैका सधैँ ढोका खुला हुन्छ । यहाँका हरेक गतिविधि सबैले थाहा पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ । यसका लागि वार्षिक रुपमा हाम्रा सबै गतिविधि सार्वजनिक गर्दै आएका छौं । क्याम्पस संचालन बाहेक हाम्रो अर्को कुनै स्वार्थ छैन । शैक्षिक गुणस्तरको मापनमा पनि नीलकण्ठ क्याम्पस अब्बल रहँदै आएको प्रमुख शर्माको दावी छ ।
नीलकण्ठ क्याम्पसबारे जानकारी

नीलकण्ठ बहुमुखी क्याम्पस धादिङ जिल्लाको पहिलो क्याम्पस हो । यो धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमा अवस्थित छ । यस क्याम्पसको स्थापन २०५७ सालमा भएको हो । स्थापना मितिले मात्र होइन विद्यार्थी संख्या, शैक्षिक गुणस्तर, भौतिक गुणस्तर सबै पक्षमा जिल्लाको पहिलो क्याम्पस हो ।
स्नातक देखि स्नाकोत्तर तहसम्म विभिन्न संकायमा पठनपाठन हुने यस क्याम्पस जिल्लाका सबै क्याम्पसको अभिभावक क्याम्पसका रुपमा अगाडि बढेको छ । स्थापनाको छोटो समयमा अन्य सामुदायिक र निजी क्याम्पसको तुलना सफल क्याम्पसको सूचिमा रहेको छ । क्याम्पसको आजसम्मको सफलता यहाँ कार्यरत प्राध्यापक, कर्मचारी, अध्ययनरत विद्यार्थी र अभिभावकको देनको प्रतिफल हो ।
विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर प्रत्यायन (QAA) प्राप्त गर्ने जिल्लाको पहिलो र एकमात्र क्याम्पस नीलकण्ठ बहुमुखी क्याम्पस हो । यस क्याम्पसको स्थापनाका लागि भीमेसन कुमार श्रेष्ठ, रामनाथ अधिकारी, सम्भुकुमार श्रेष्ठ, मोहनकुमार श्रेष्ठ, भूपेन्द्रकुमार श्रेष्ठ लगायतका शिक्षाविद् समाजसेवीहरुको भूमिका अग्रणी छ । हाल यस क्याम्पस सञ्चालक समितिका अध्यक्ष पूर्व साँसद रामनाथ अधिकारी हुनुहुन्छ भने क्याम्पस प्रमुख नवराज शर्मा हुनुहुन्छ ।
यस क्याम्पसमा स्नातक र स्नातकोत्तर तह सञ्चालित छन् । स्नातक तहमा शिक्षा, व्यवस्थापन र मानविकी संकाय सञ्चालित छन् भने स्नातकोत्तर तहमा शिक्षाशास्त्रको नेपाली अग्रेजी विषय र व्यवस्थापन संकायका कक्षाहरु सञ्चालित छन् । १२ जना विद्यार्थीबाट सुरु भएको यस क्याम्पसमा हाल ९९७ जना विद्यार्थी अध्ययनरत छन् ।