मलाई १४ वर्ष जेल जाने मुद्धा लागेको थियो -सांसद राजेन्द्र पाण्डे

Avatar photo
Dhadingpost
शनिबार, मंसिर ६, २०७७

धादिङ मंसिर ६ । पूर्व मन्त्री एवम् धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डेले आफुलाई पञ्चायत विरोधी गतिविधि गरेको आरोपमा राजकाज सम्बन्धी १४ वर्ष जेल सजाएँ हुने मुद्धा लागेको बताउनु भएको छ ।

तात्कालिन माले, एमाले हुँदै हाल नेकपा सम्म अनवरत रुपमा क्रियाशिल ६८ वर्षिय स्व. रामपुकार हमालको १३ दिनको पुण्य तिथिमा गजुरीमा भएको श्रद्धाञ्जली कार्यक्रममा सँगैको सहयात्री गुमाउनुको पिडा पोख्दै पाण्डेले आफुलाई पञ्चायतले १४ वर्षको जेल सजाएँ सुनाएको स्मरण गर्नु भएको हो ।

नेकपा गजुरीले आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका पूर्व मन्त्री पाण्डेले राजनितिक दौरानका सहकर्मी गुमाउँदा पिडा हुनु स्वभाविकै हो भने नेकपा पार्टीलाई समेत उर्जाशित पुराना नेता स्व. हमालको निधनले क्षेति पुर्याएको बताउनु भएको थियो ।

श्रद्धाञ्जली कार्यक्रममा गजुरी गाउँपालिकाका प्रमुख राजेन्द्र विक्रम बस्नेत, उप प्रमुख सिता ढुङ्गाना, नेकपा गजुरी गाउँपालिकाका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।