प्रचण्डको प्रतिवेदनमा, अतालिन जरूरी छैन, गम्भीरता पूर्वक छलफल गरौं -जमकट्टेल

Avatar photo
Dhadingpost
कार्तिक २९, २०७७

धादिङ कार्तिक २९ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका इन्चार्ज एवम् बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले पार्टीको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डले राख्नु भएको प्रतिवेदनमा अतालिन जरुरी नभएको बताउनु भएको छ ।

प्रचण्डले प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी ओलीलाई लक्ष्यित गर्दै १९ पृष्ठ लामो प्रतिवेदन सचिवालयमा प्रवेस गराए सँगै ओली नीकट नेताहरु आक्रामक रुपमा सामाजिक संजालमा प्रस्तुत भए सँगै नेता जमकट्टेलले पनि आफ्नो फेसबुकमा स्टाटस लेख्दै अतालिन जरूरी छैन, गम्भीरता पुर्बक छलफल गरौ, एकता, संघर्ष र रूपान्तरणको विधिलाई अनुशरण गरौ, भन्नु भएको छ ।

स्टाटस जस्ताको तस्तैः

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र अहिले देखिएको समस्या को समाधान नै कार्यकारी अध्यक्ष कमरेड प्रचण्ड ले हिजो को सचिबालय बैठकमा प्रस्तुत गर्नु भएको राजनीतिक प्रस्ताब नै हो । जुन प्रस्ताबले पार्टी भित्रको मुल समस्या लाई उजगार गरेको छ । यो प्रस्ताब ले आमकार्यकर्ता र जनताको मन को कुरा बोलेको छ । प्रस्ताब आदरणीय अध्यक्ष कमरेड प्रचण्ड मार्फ प्रस्तुत भए पनि नेकपा को सचिबालय , स्थायी समिति , केन्द्रिय समिति र सबै तहको कमिटीको अत्यधिक बहुमतको साथै अत्यधिक बहुमत पार्टी सदस्यहरूको यो प्रताबप्रति समर्थन छ ।अततालिन जरूरी छैन , गम्भीरता पुर्बक छलफल गरौ , एकता ,संघर्ष र रूपान्तरण को बिधि लाई अनुशरण गरौ ।प्रस्तुत प्रस्ताब मार्फत पार्टी लाई रूपान्तरण सहितको एकताबद्द बनाउने प्रण गरौ ।