
धादिङ कार्तिक २८ । धादिङबेसी सदरमुकाम स्थित जिल्ला अस्पतालमा ३ वटा नयाँ मेशिन आए सँगै नयाँ थप सेवाहरु सुरुभएको भएको छ ।
जिल्ला अस्पतालका सूचना अधिकारी विक्रम विकका अनुसार नयाँ मेशिन आए सँगै, जिल्ला अस्पतालमा Automatic External Difibrilator बाट मुटुको धड्कनमा भएको गडबड पत्ता लगाई उपचार गर्ने सेवा, सोडियम पोटासियम एनालाईजरबाट सोडियम र पोटासियमको जांच सेवा तथा Coagualometer Analyser बाट रगत जम्ने प्रक्रियाको जांच सेवा शुरु भएको हो ।
जिल्ला अस्पताल धादिङले अस्पताल सुदृढिकरण परियोजना अन्तरगत उक्त मेशिन खरिद गरे सँगै नयाँ सेवा संचालनमा आएको हो ।
