हर्कपुर मावि बेनीघाट रोराङले २२ वर्ष पछि पायो, योग्य प्रअ

Avatar photo
Dhadingpost
कार्तिक २५, २०७७

धादिङ कार्तिक २५ । विगत ५ वर्ष अघि विद्यालय प्रशासनको लापर्वाहीले १८ विद्यार्थीले एसएलसी दिन नपाएको बेनीघाट रोराङ ४ स्थित हर्कपुर माविले २२ वर्ष पछि योग्य प्रधानाध्यापक पाएको छ ।

विद्यालय व्यवस्थापन समितिले २२ वर्षे इतिहासलाई क्रम भंग गर्दै पहलमान श्रेष्ठलाई हटाएर शैक्षिक योग्यता पुगेको नया शिक्षकलाई प्र. अ. बनाउने निर्णय गरेको छ । २२ वर्ष पछि योग्य प्रधानाध्यापक हर्कपुर माविले पाउँदै, एक शिक्षकले धादिङपोष्टलाई बताउनु भयो ।

कार्यसम्पादन कस्तो हुन्छ आगामी दिनमा थाहा हुन्छ, तर योग्य शिक्षक प्र. अ. पाएको छ । राजनीतिक दवाव र प्रभावले आक्रान्त हुँदै आएको हर्कपुर मा.वि. अब नयाँ प्र. अ. ले कस्तो शैक्षिक नतिजा निकाल्छन् पर्खनै पर्ने एक विद्यालय व्यवस्थापन समिति सदस्य बताउनु हुन्छ ।

विद्यालय व्यवस्थापन समितिले पछिल्लो समय योग्यता नपुगे कारण देखाउँदै पहलमान श्रेष्ठलाई हटाउँदै योग्यता पुगेका सुरेन्द्र श्रेष्ठलाई प्र. अ. बनाएको हो ।