
रामचन्द्र थापा
धादिङ कार्तिक २३ । धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ८ पृथ्वी राजमार्ग अन्त्रगत ४ किलामा ट्रिफर र स्कारपियो जिप एक आपसमा ठोकिदा १ जना घाईते भएका छन् ।
आईतबार बिहान सवा ४ बजे काठमाडौबाट गजुरी तर्फ आउँदै गरेको बा ५ ख ४४०६ नम्बरको ट्रिफर र बिपरित दिशाबाट आउँदै गरेको बा १३ च २५९६ नम्बरको स्कारपियो जिप एक आपसमा ठोकिँदा एक जना घाईते भएको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा स्कारपियोमा सवार रुपन्देही मायादेबि गाउँ पालिका ३ बस्ने ५८ वर्षिय हरि कुमार चौधरी छन् ।
