
धादिङ कार्तिक २३ । ‘अझै कति सहने’,‘नो मिन्स नो, इट वाज नट हर ड्रेस इट वाज योर इभिल माइण्ड’ जस्ता नारा लगायर धादिङबेसीमा बलात्कार विरुद्ध प्रदर्शन भएको छ ।
आँखामा कालोपट्टी बाँधेर बलात्कार घटना विरुद्ध सडकमा उत्रिएका किशोरीहरुले शनिबार धादिङबेसीमा बलात्कार विरुद्ध प्रदर्शन गरेका हुन् ।
देशका विभिन्न जिल्लाहरुमा भएको उक्त प्रदर्शन अन्तरगत धादिङमा नविना खनालको नेतृत्व रहेको थियो ।
