धादिङमा कोरोना संक्रमितको संख्या १२ सय नाघ्यो, आज थपिए १२ जना

Avatar photo
Dhadingpost
कार्तिक २१, २०७७

धादिङ कार्तिक २१ । धादिङ जिल्लामा कोरोना संक्रमित हुनेको संख्या १ हजार २०७ जना पुगेको छ जसमा १२ जना संक्रमित आज थपिएका हुन् ।

आज थपिएका कोरोना संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका मात्रै ९ जना रहेका छन् भने गजुरी, बेनीघाट रोराङ र खनियाबास गाउँपालिकामा १-१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टा सम्मको अवस्था हेर्ने हो भने संक्रमित मध्यबाट १४ जनाको मृत्यु भएको छ भने ९७९ जना निको भएर घर फर्कि सकेका छन् ।