धादिङमा आज २७ जना कोरोना पोजेटिभ थपिए

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १८, २०७७

धादिङ कार्तिक १८ । धादिङ जिल्लामा आज २७ जनालाई कोरोना पोजिटभ भएको छ, यो सँगै जिल्लामा कोरोना पोजेटिभ हुनेको संख्या १ हजार १७५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपलिकामा ३ जना, धुनीबेसी नगरपालिकामा १ जना, गल्छी गाउँपालिकामा ८ जना, गजुरी गाउँपालिकामा १ जना, बेनीघाट रोराङ गाउँपालिकामा १ जना, त्रीपुरासुन्दरी गाउँपालिकामा ७ जना, नेत्रावती डब्जोङ गाउँपालिकामा २ जना र जिल्ला अस्पताल धादिङमा ४ जना रहेका छन् ।

धादिङका कुल संक्रमित मध्य८७१ जना डिस्चार्ज भई घर फर्किसकेका छन्े भने मृत्यु हुनेको संख्या १३ पुगेको छ जसमा ६ जना नीलकण्ठ नगरपालिकाका मात्रै छन् ।