धादिङ कार्तिक १७ । धादिङमा आज १८ जना कोरोना संक्रमितहरु थपिएका छन् जसमा २३ वर्ष देखि ७० बर्ष उमेर समुहका ७ जना महिला र ११ जना पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
आज पुष्टि भएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिकाका ११ जना, बेनिघाट रोराङका ४ जना, ज्वालामुखीका १ जना, सिद्धलेक गाउँपालिकाका १ जना र धुनीबेशी नगरपालिकाका १ जना छन् ।
आजै नीलकण्ठ ३ निवासी ६१ वर्षिय महिलाको कोरोना संक्रमण पछि मृत्यु भएको छ ।
धादिङ संक्रमितको सङ्ख्या १ हजार १ ४८ पुगेको छ । भने मृत्यु हुनेको संख्या १३ पुगेको छ । संक्रमित मध्य ८२८ जना निको भएर घर फर्कि सकेका छन् ।