मलेखु-धादिङबेसी-सल्यान्टार सडकलाई राष्ट्रिय लोक मार्ग नबनाउन जिससको माग

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १६, २०७७

धादिङ कार्तिक १५ । मलेखु–धादिङबेसी–सल्यान्टार सडकलाई कालुपाण्डे राष्ट्रिय लोक मार्ग बनाउने निर्णय सच्च्याउन जिल्ला समन्वय समिति धादिङले आव्हान गरेको छ ।

सडक डिभिजन कार्याललयले सरकारले तोकेको राष्ट्रिय लोक मार्ग मापदण्ड अन्तरगत सडक फराकिलो बनाउनु पर्ने र आसपासका घर-टहरा खाली गर्न भने सँगै जिल्ला समन्वय समिति धादिङले राष्ट्रिय लोक मार्ग नबनाउन भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालयलाई आव्हान गरेको हो ।

सडक आसपासमा रहेका स्थानीयहरुले सडक फराकिलो बनाउने हो भने मुअब्जा दिनु पर्ने भन्दै आन्दोलन गर्दै आएका थिए । यसै बीच जिल्ला समन्वय समितिले संघीय खेमप्रसाद लोहनी, प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवाल, ज्वालामुखी गाउँपालिका अध्यक्ष विनोदराज तिमिल्सीना, त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष शम्भुकुमार थापा लगायत सरोकारवालाहरुको उपस्थितमा निर्णय लसच्चाउन मन्त्रालयलाई पत्राचार समेत गरि सकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेष्ठ २ गते देशभर ८० ओटा राष्ट्रिय लोकमार्ग, ९२ ओटा प्रदेश लोक मार्ग, ३५ ओटा स्थानिय सडक निर्माण गर्ने निर्णय गरेको थियो । सरकारले सडक केन्द्र भागबाट २५ मीटर दायाँ र २५ मिटर बाँया गरी ५० मिटर सडक Right of Way हुने र २५ देखी ३१ मिटर (Building Line) विल्डीङ लाईन कार्यम हुने राष्ट्रिय लोकमार्ग निर्माणको मापदण्ड तयार गरेको छ । सडक डिभिजन भरतपुरले सडकको केन्द्र भागबाट ३१ मीटर दायाँ र ३१ मीटर बाँया सडक क्षेत्रमा घर टहरा नबनाउन नागकिरलाई स्थानिय तहमार्फत परिपत्र गरिसकेको छ ।