धादिङ कार्तिक १५ । धादिङमा विगत ९ दिन देखि सरकारी तरवरले पीसीआर परिक्षण हुन सकेको छैन ।
सरकारले लक्ष्यित समुदायका लागि मात्रै पीसीआर नि:शुल्क हुने बताए पनि धादिङमा कार्तिक ७ गते देखि लक्ष्यित समुदायमा पर्ने सम्भावित संक्रमितहरुको समेत जिल्ला अस्पतालले पीसीआर परिक्षण गराएको छैन ।
जिल्ला अस्पताल धादिङका सूचना अधिकारी बिक्रम बिकका अनुसार सरकारी मापदण्ड अनुसार सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, विपन्न, अशक्त, असहाय वा अति अपांगता भएका व्यक्ति, एकल महिला र जेष्ठ नागरिक (७० वर्षमाथि) का त्यसमा पनि लक्ष्यण देखिएकालाई मात्रै अस्पतालले पीसीआर परिक्षण गराउने हो । अन्यको हकमा अस्पतालले पीसीआर परिक्षण गर्दैन ।
सूचना अधिकारी बिकका अनुसार दशैमा कर्मचारीहरु बिदामा रहेका र आउनेक्रम जारी रहेकोले ९ दिन देखि पीसीआर परिक्षण हुन नसकेकोहो ।
जिल्ला अस्पताल धादिङका अध्यक्ष महन्द्र धमला पनि सरकारी मापदण्डमा नपेकाहरुलाई जिल्ला अस्पतालले पीसीआर परिक्षण गराउन नसक्ने बताउनु हुन्छ । धमलाका अनुसार मापदण्डमा परेकाहरुको भने आगामी मंगलबार वा बुधबार मध्य एक दिन पीसीआर परिक्षण गराईने छ ।