धादिङ कार्तिक १४ । धादिङको त्रीपुरासुन्दरी गाउँपालिकाले एक सूचना जारी गर्दै पालिका भित्र रहेका विद्यालयलाई पठन पाठन सुरु गर्न निर्देशन गरेको छ ।
कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण पठन पाठन रोकिए सँगै बन्द भएका विद्यालयहरुलाई त्रिपुरासुन्दरी गाउँपालिकाले कार्तिक १६ गते देखि स्वास्थ्य मापदण्ड पुरा गरि विद्यालय संचालन गर्न निर्देशन गरेको हो ।