
धादिङ कार्तिक ८ । तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी (राधे) ले अनाथ, अपांग बालबालिकाको दशैंका लागि खसि सहयोग गर्नुभएको छ ।
संयुक्त अपांग एकता आवाज केन्द्रका सल्लाहकार समेत रहनुभएका तरुण दल धादिङका उपाध्यक्ष भण्डारीले काठमाडौं स्थित संयुक्त अपांग एकता आवाज केन्द्रमा रहेका अनाथ, अपांग बालबालिकाको लागि दशैमा खसी सहयोग गर्नु भएको हो ।
संयुक्त अपांग एकता आवाज केन्द्रमा अहिले ४८ जना अनाथ, अपांग बालबालिका रहेका छन् ।
संयुक्त अपांग एकता आवाज केन्द्रको म सल्लाहकार हुँ, मैले नगर कल्ले गर्ने, यहाँ मात्रै हैन कयौं ठाउँहरुमा सहयोग गरेको छु । दिन दु:खीलाई सहयोग गरेको दिन आनन्दको निन्द्रा पर्छ, राधेले धादिङपोष्टलाई बताउनु भयो । सहयोग दिनु भन्दा पहिल्यै फोटो खिचेर सार्वजनिक गर्ने आफ्नो बानी नभएको तर निरन्तर सहयोग भने गर्दै आएको छु, उहाँ बताउनु हुन्छ ।