बेनीघाट रोराङमा बोलेरो दुर्घटना १० जना घाईते

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक ३, २०७७

रामचन्द्र थापा
धादिङ कार्तिक ३ ।
धादिङको बेनीघाटरोराङ गाउँपालिका ४ छिबीगाउँमा बोलेरो दुर्घटना हुँदा १० जना घाईते भएका छन् ।

बेनीघाट रोराङको मोरियाघाटबाट मलेखु तर्फ आउँदै गरेको ग २ च ७७८४ नम्बरको बोलेरो सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना हुँदा जिपमा रहेका १० जना घाईते भएको प्रहरी प्रहीले जनाएको छ ।

गम्भीर घाइते हुनेमा

  • बेनिघाट रोराङ ४ का वर्षिय २८ वर्षिय रमेश घले ( काठमाडौ रेफर ट्रमा सेन्टर)
  • बेनिघाट रोराङ ४ मोरियाघाट बस्ने २५ वर्षिय गरिमा घले
  • बेनिघाट रोराङ ४ को ७ वर्षिय बालक कुशल घले

अन्य ७ जना भने सामान्य घाईते छन् । घटनास्थल पृथ्वी राजमार्ग बाट दक्षिण ८ किलोमिटर टाढा पर्छ