धादिङमा आज थप एक पुरुषको मृत्यु, कोरोना मुक्त हुनेको संख्या ४४३ जना पुग्यो

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक २, २०७७

धादिङ कार्तिक २ । धादिङमा आज नीलकण्ठ नगरपालिका ३ पुछारबजार निवासी ९३ वर्षिय महिला कोरोना संक्रमणको कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै कोरोनाको कारण धादिङमा मृत्यु हुनेको संख्या ९ पुगेको छ ।

जिल्लाको हाल सम्मको ८३८ जना कोरोना संक्रमित मध्य ४४३ जना निको भएर घर फर्कि सकेको र आज थपिएका संक्रमित मध्य धुनीबेसी नगरपालिकामा १ जना र बेनीघाट रोराङ गाउँपालिकामा १ जना रहेका छन् ।