मन्त्री शालिकराम जम्कट्टेलद्वारा एक महिनाको तलव भत्ता नलिने

Avatar photo
Dhadingpost
कार्तिक २, २०७७

धादिङ कार्तिक २ । बागमती प्रदेश सरकारका आन्तिरक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले आउने एक महिना बराबरको थप तलब नलिने घोषणा गर्नु भएको छ ।

सार्वभौम सांसदको तलब र सुविधा सरकारले तोक्न सक्दैन, तर मन्त्रिपरिषद्को निर्णयका आधारमा अहिले सांसदहरुले दशै भत्ता लिई रहेको मिडियामा आए सँगै सर्वत्र आलोचना हुँदै आएको छ ।

महामारीले जनता भोकै परेको र उपचार नपाएको यो वेला जनताका प्रतिनिधिले तलब मात्र होइन, संविधानले व्यवस्था नै नगरेको दशैं भत्ता सांसदहरुले लिन थाले सँगै आलोचना सुरुभएको थियो ।

सर्वत्र आलोचना पनि धादिङबाट निर्वाचित प्रदेश सांसद एवम् बागमती प्रदेश सरकारका आन्तिरक मामिला तथा कानुन मन्त्री जम्कट्टेलले आउने एक महिना बराबरको थप तलब नलिने घोषणा गर्नु भएको हो ।

मन्त्री जम्कट्टेलले आफ्नो फेसबुकमा स्टाटस लेख्दै देश कोरोना भाईरस को संक्रमणबाट आक्रन्त भईरहेको बेलामा नेपाली समुदायहरूले मनाउने महान चाडपर्बहरूको शुरूबात भएको छ । यस्तो भयाबह अबस्थामा मनाउने चाडपर्ब खर्चको रूपमा बागमति प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रीको हैसियत ले आउने एक महिना बराबरको थप तलब नलिने र बागमति प्रदेश कोरोना भाईरस रोकथाम कोषमा जम्मा गर्ने जानकारी गराउने बताउनु भएको हो ।