
कहाँ थाहा छ र सुखको पल प्रदेशमा हुनेलाई
भाग्यले नै गरेको हुन्छ छल प्रदेशमा हुनेलाई
दशैं आयो, तिहार आयो, भन्छ्न् सबै साथीले
तर मन मात्रै बनाउँछ चन्चल प्रदेशमा हुनेलाई
घर परिवार, समाज अनि पुराना याद आउँँदा
आखामा हुन्छ आसुको भल प्रदेशमा हुनेलाई
त्यो रमाइलो देविथान मेला, त्यो देउसी भैलो
उफ यादले बनाउँछ पागल प्रदेशमा हुनेलाई
भरपुर रमाइलो गर्ने छ्न् साथी भाईहरुले त
यता पसिना बग्छ खलखल प्रदेशमा हुनेलाई
नेमेक्स तिवारी (केदार)
ज्वालामुखी गापा मैदी
हालः साउदी अरब