धादिङ असोज ३० । कृषि ज्ञान केन्द्र धादिङले ४० औं विश्व खाद्य दिवस २०७७ को अवसरमा विद्यलय स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न गरेको छ ।
“हाम्रो पहल : दिगाे कृषि , पाेषिलाे आहार” शीर्षक दिईएको उक्त निवन्ध प्रतियोगितामा बेनीघाट रोराङ स्थित चन्द्रोदय माध्यामिक विद्यालय विशालटारमा अध्ययनरत छात्र संगम अधिकारी प्रथम हुनुभएको छ ।
कृषि ज्ञान केन्द्रले जिल्ला शिक्षा समन्वय इकाई सँग समन्वय गरि उक्त प्रतियोगिताको आयोजना गरे पनि धादिङका ४ वटा विद्यालयका ६ जना विद्यार्थीले मात्रै भाग लिएका थिए ।
प्रतियोगितामा धादिङबेसी स्थित बालमन्दिर माविका छात्रा अञ्जली गुरुङ द्वितिय र धादिङ बोर्डिङमा अध्ययनरत छात्रा सदिक्षा लम्साल तृतिय र चन्द्रोदय मावि बिशालटारबाटै सबि डल्लाकोटी सन्तोना भएको कृषि ज्ञान केन्द्रबाट तारादेवि गुरुङले धादिङपोष्टलाई बताउनु भयो ।