प्रभु बैक धादिङबेसी शाखा बन्द, कर्मचारीलाई कोरोना

Avatar photo
Dhadingpost
अशोज २९, २०७७

धादिङ असोज २९ । धादिङबेसी स्थित बीचबजारमा रहेको प्रभु बैंकको धादिङबेसी शाखा अर्को सूचना जारी नहुँदा सम्मको लागि बन्द भएको छ ।

धादिङबेसी शाखाका कार्यरत २४ वर्षिय एक महिलालाई कोरोना संक्रमण भएको पुष्टि भए सँगै बैंकले सूचना जारी गर्दै संक्रमित कर्मचारीको संपर्कमा रहेका कर्मचारीहरुको पीसीआर रिपोर्ट नआउनजेल सम्पूर्ण सेवाहरु पूर्ण रुपले बन्द रहेको जनाएको हो ।