धादिङमा कोरोना संक्रमितको संख्या ६४८ पुग्यो, आज १४ जना थपिए

Avatar photo
Dhadingpost
बुधबार, अशोज २८, २०७७

धादिङ असोज २८ । धादिङ जिल्लामा कोरोना संक्रमितको संख्या ६४८ जना पुगेको छ जसमा १४ जना आज थपिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज थपिएका संक्रमितहरुमा नीलकण्ठ नगरपालिकामा नीलकण्ठ–१ का २६ वर्षिय पुरुष, वडा नं ३ का ६ महिने बालक, ४६, ३३, २९ वर्षिय पुरुष, १४ वर्षिया बालिका, ३५ वर्षिया महिला, वडा नं ४ की २७ वर्षिया महिला रहेका छन् ।

यस्तै बेनिघाट रोराङ–२ का ३८ वर्षिय पुरुष, वडा नं ४ का २६ वर्षिय पुरुष गरी २ जना, खनियाबास–५ की २२ र ४२ वर्षिया महिला गरी गरी २ जना, सिद्धलेक–७ का ६९ वर्षिय पुरुष, नेत्रावती डवजोङ–५ का २३ वर्षिय पुरुषमा आज कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।