
धादिङ असोज २८ । धादिङका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडलको अध्यक्षता बसेको जिल्ला सुरक्षा समितिको बैठकले मंगलबार राति १२ बजे देखि निषेधाज्ञा जारी गर्दै दशैंमा लिङ्गे र रोटे पिङ खेल्न नपाईने निर्णय समेत गरेको छ ।
बैठक पछि जिल्ला प्रशासनले सूचना जारी गर्दै स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम असोज ११ गते सम्म कायम रहेको निषेधाज्ञालाई केही परिमार्जन गरि जनस्वास्थ्य तथा सुरक्षाका सम्पूर्ण मापदण्डहरु अपनाई राति १२ः०० बजे देखि अर्को आदेश नहुनजेलसम्म जिल्लाभर निषेधाज्ञा थप गरिएको जनाएको छ ।
जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या बढे सँगै बैठकलले शैक्षिक संस्थाहरु संचालन नगर्न, दशैँ लगायतका चाडपर्वहरु मनाउने सन्दर्भमा एकाघर परिवारमा बसिरहेका सदस्यहरु बाहेक नाता, कुटुम्ब तथा छिमेकीहरु भेला नहुने, मेला, पर्व लागायतका भेला हुने कार्यक्रमहरु नगर्न पनि आग्रह गरेको छ ।
बैठकका निर्णयहरु
- शिक्षण संस्थाहरु विद्यालय, महाविद्यालय, बौद्ध विद्यालय, प्राबिधिक शिक्षा, ट्युशन सेन्टर, तालिम केन्द्र आदि संचालन नगर्ने ।
- दसैँ लगायतका चाडपर्वहरु मनाउने सन्दर्भमा एकाघर परिवारमा बसिरहेका सदस्यहरु बाहेक नाता कुटुम्ब तथा छिमेकीहरु भेला नहुने ।
- मेला, पर्व , जात्रा, महोत्सब, कन्सर्ट जस्ता भिडभाड हुने कार्य नगर्नेरनगराउने ।
- सार्वजनिक स्थान वा मन्दिरमा भिडभाड हुने गरि सामुहिक पुजा, अर्चना प्राथना नगर्ने÷नगराउने ।
- कुनै पनि प्रकारको भिडभाड हुने प्रतिस्पर्धात्मक खेल वा प्रतियोगिता लगायतका मनोरञ्जनका कुनै पनि कार्य (लिङ्गे पिङ, रोटे पिङ खेल्ने) नगर्ने/नगराउने ।
- सामुहिक भेला, गोष्ठि, सभा सम्मेलन, पार्टि प्यालेस, स्वीमिङ पुल , जिम खाना जस्ता जनसमुह भेला हुने जस्ता कार्यहरु नगर्नेरनगराउने ।
- भिडभाड कम गर्ने र सेवा प्रवाह व्यवस्थित गर्नको लागि सरकारी कार्यालयहरुले टोकन प्रणालि वा आलोपालो प्रणालि दुबै लागु गर्ने
- पसल, व्यवसाय, यतायातका साधनहरु संचालन गर्दा व्यवसायीले मास्क, स्यानिटाईजर, ह्याण्ड ग्राहकसँग बस्नु पर्ने भए भाइजर समेत प्रयोग गर्नु पर्नेछ ।
- लामो तथा छोटो दुरीका सार्वजनिक तथा निजि सवारी साधनहरुको संचालनमा नेपाल सरकार मन्त्रिपरिषद्को निणर्य बमोजिम गर्ने रगराउने ।