
धादिङ असोज २६ । धादिङबेसी सदरमुकाम घर भएका एक २२ वर्षिय युवकको कोरोना संक्रमणका कारण आज मृत्यु भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार कोरोना पुष्टि भए सँगै काठमाडौंमा उपचार ति २२ वर्षिय युवाको आज (सोमबार) मृत्यु भएको हो । यो सँगै धादिङमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
अहिले सम्म कोरोनाको कारण मृत्यु भएकोको विवरण
- नीलकण्ठ नगरपालिका ९ का ३१ वर्षिय पुरुष
- नीलकण्ठ नगरपालिका ३ का २२ वर्षिय पुरुष
- बेनिघाट रोराङ गाउँपालिक चारौंदीका ४५ वर्षिय पुरुष
- नेत्रावती डब्जोङ गाउँपालिका ३ की ८७ बर्षिय महिला
- त्रिपुरासुन्दरी गाउँपालिकाका की ३२ वर्षिय महिला
- नीलकण्ठ नगरपालिका १४ धुवाँकोटका ३२ वर्षिय पुरुष
- सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का ४५ वर्षिय पुरुष