धादिङमा कोरोना संक्रमित संख्या ६१५ जना पुग्यो, मृत्यु ६ जना, निको ३७७

Avatar photo
Dhadingpost
शनिबार, अशोज २४, २०७७

धादिङ असोज २४ । धादिङमा आज थप भएका कोरोना संक्रमित १६ जना सहित अहिले सम्म संक्रमितको संख्या ६१५ जना पुगेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धादिङका अनुसार शनिबार १ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने आजै मात्र नीलकण्ठ गरपालिकाका १ जना, धुनिबेसी नगरपालिकाका ३ जना, गल्छी गाउँपालिकाका ५ जना, ज्वालामुखी गाउँपालिकाका १ जना, थाक्रे गाउँपालिकाका ४ जना, खनियाबास गाउँपालिकाका २ जना गरि १६ जना छन् ।

यो सँगै धादिङमा संक्रमितको सङ्ख्या ६ सय १५ पुगेको छ । भने संक्रमित मध्य ६ जनाको मृत्यु भएको र ३७७ जना निको भएर घर फर्कि सकेका छन् ।