धादिङमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुग्यो, संक्रमित ५९९ जना

Avatar photo
Dhadingpost
शुक्रबार, अशोज २३, २०७७

धादिङ असोज २३ । धादिङमा कोरोनाको संक्रमणको कारण मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

शुक्रबार मात्रै धादिङको बेनिघाट रोराङ गाउँपालिक चारौंदीका ४५ वर्षिय पुरुष र नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ३ को ८७ बर्षिय महिलाको कोरोनाको कारण मृत्यु भए हो । यो सँगै धादिङमा मृत्युहुनेको संख्या ५ पुगेको हो ।

यस अघि त्रिपुरासुन्दरी गाउँपालिकामा एक ३२ वर्षिय महिला, नीलकण्ठ नगरपालिका १४ धुवाँकोटमा ३२ वर्षिय एक पुरुष, सिद्धलेक गाउँपालिका वडा नम्बर ६ का ४५ वर्षिएक एक पुरुषको पनि कोरोनाको कारण मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले सम्म धादिङमा संक्रमितको सङ्ख्या ५ सय ९९ सय पुगेको छ । जसमा ३७७ जना निको भएर घर फर्कि सकेका छन् ।