धादिङमा आज ५९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५७१ जना पुग्यो

Avatar photo
Dhadingpost
बिहिबार, अशोज २२, २०७७

धादिङ असोज २२ । धादिङ जिल्लामा बिहिबार मात्रै ५९ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । यो सँगै धादिङमा कोरोना संक्रमितको संख्या ५७१ जना पुगेको छ ।

बिहिबार संक्रमित हुनेमा सबै भन्दा धेरै नीलकण्ठ नगरपालिकामा २५ जना छन् । यस्तै धादिङ अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु १४ जना छन् भने खनियाबास गाउँपालिकामा ८ जना, ज्वालामुखी गाउँपालिकामा ६ जना, गल्छी गाउँपालिकामा २ जना, गजुरी, त्रीपुरासुन्दरी, गंगाजमुना र थाक्रे गाउँपालिकामा ११ जना रहेका छन् ।

जसमा नीलकण्ठ नगरपालिका र जिल्ला अस्पतालमा देखिएका संक्रमितहरुमा नीलकण्ठ वडा नम्बर ३ का २३ जना, वडा नम्बर ४ का ३ जना, वडा नम्बर ७ का ४ जना, वडा नम्बर ८ का ५ जना, वडा नम्बर १० का १ जना र वडा पहिचान नभएका ३ जना गरी ३९ जना रहेका छन् ।

खनियावास गाउँपालिका वडा नम्बर ४ का ४ जना वडा नम्बर ५ का ३ जना र वडा पहिचान नभएका १ गरी कुल ८ जना रहेका छन् । ज्वालामुखी गाउँपालिका वडा नम्बर ५ का ४ जना, वडा नम्बर ६ का १ जना र वडा पहिचान नभएका १ गरी ६ जना रहेका छन् ।

यस्तै बिहिबार नै संक्रमित पुष्टि हुनेमा गल्छी गाउँपालिका वडा नम्बर १ का १ जना, वडा नम्बर २ का १ जना, गजुरी गाउँपालिका वडा नम्बर १ का १ जना, गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का १ जना ,त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का १ जना, थाक्रे गाउँपालिका वडा नम्बर ९ का १ जना छन् ।

धादिङमा हाल सम्मका संक्रमित मध्य निको हुनेको कुल संख्या ३ सय ३८ पुगेको छ ।