गोलाङ काफलगैरीमा पहिरो पिडितलाई सहयोग

Avatar photo
Dhadingpost
सोमवार, अशोज १९, २०७७

धादिङ असोज १९ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ६, आगिन्चोकको गोलाङ काफलगैरीमा पहिरो पिडितलाई सहयोग प्राप्त भएको छ ।

गत भाद्र ६ गते रातको करिव ३ बजे खसेको पहिरोले यसै वडा निवासी चेत वहादुर खानका जेष्ठ सुपुत्र २५ वर्षिय मिलन खान, उनका वुहारी २१ वर्षिय सम्झना खान र १.५ वर्षका नातिनी अन्जिता खानको पहिरोेले पुरियर असामयिक निधन भएको र घर समेत भत्तिएकोले चेत वहादुर खानलाई लत्ता कपाडा सहयोग गरिएको इश्वर भण्डारीले धादिङपोष्टलाई बताउनु भयो ।

भण्डारीका अनुसार लत्ता कपडा आरुघाट निवासी सुरेन्द्र श्रेष्ठ र पाईप सहित अन्य सामाग्री गाउँपालिकाबाट प्राप्त भएको सहयोग सामाग्री पिडित परिवारलाई हस्तान्तरण गरिएको हो ।