बेनीघाट रोराङद्वारा गजुरी प्रहरीलाई स्मार्ट टिभी प्रदान

Avatar photo
Dhadingpost
आइतवार, अशोज १८, २०७७

धादिङ असोज १८ । बेनीघाट रोराङ गाउँपालिकाले गजुी गाउँपालिका गजुरी बजारमा रहेको इलाका प्रहरी कार्यालयलाई ४३ इन्चको स्मार्ट स्मार्ट टिभी सेट प्रदान गरेको गरेको छ ।

गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ईलाका प्रहरी कार्यालय, गजुरीलाई उक्त स्मार्ट टिभी सेट गाउँपालिका प्रमुख पित्त बहादुर डल्लाकोटी (हरि) ले आईतबार हस्तान्त्रण गर्नु भएको हो ।

नजर बन्दकमा रहेका समुहलाई लक्षित गरी ४३ इन्चको स्मार्ट टिभी सेट ईलाका प्रहरी कार्यालय गजुरीलाई प्रदान गरिएको गाउँपालिकाका प्रमुख डल्लाकोटीले धादिङपोष्टलाई बताउनु भयो ।