एड्भान्स एकेडेमीमा सैनिक कल्याणकारी कोषको छात्रवृत्ति आवेदन खुल्ला गरिएको सूचना

Avatar photo
Dhadingpost
मङ्लबार, अशोज १३, २०७७

धादिङ जिल्ला स्थायी ठेगाना भएका नेपाली सेनाका बहालवाला र भूतपूर्व सकल दर्जाका सैैनिकका छोराछोरीलाई कक्षा ६ देखि कक्षा १२ सम्म सैनिक कल्याणकारी कोषबाट छात्रवृत्तिमा अध्यापन गराउन Empanelled School को अवधारणा अन्तर्गत धादिङ जिल्लाबाट यस एड्भान्स एकेडेमी पनि छनौट भएको जानकारी गराउँदछौं ।

चालु शैक्षिक सत्र २०७७ का लागि यस एड्भान्स एकेडेमी र अन्य जुनसुकै विद्यालयबाट विभिन्न कक्षा उत्तीर्ण भएका सैनिक परिवारका विद्यार्थीहरुको भर्ना अभिलेखीकरणको लागि आवेदन खुलेको हुँदा एड्भान्स एकेडेमीको प्रशासन शाखाबाट आवेदन फारम लिई रितपूर्वक भरेर आवश्यक कागजात सहित २०७७ असोज २० गतेभित्र यस एड्भान्स एकेडेमीको कार्यालयमा पेश गर्नुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।

प्रावधानहरु:

  • यस वर्ष कक्षा ६, ७, ८, ९ र ११ को लागि आवेदन लिई लिखित र मौखिक परीक्षाको नतिजाको आधारमा तोकिएको निश्चित कोटा संख्यामा मात्र विद्यार्थी अभिलेखीकरण गरिनेछ ।
  • परीक्षाको मिति असोज २० गते तोकिनेछ ।
  • आवेदन फारम एड्भान्स एकेडेमीको प्रशासन शाखा र श्री देवीदत्त गण, धादिङ तथा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यालय, धादिङबाट लिन र पेश गर्न सकिनेछ ।

आवेदनका साथ पेश गर्नुपर्ने आवश्यक कागजातहरु:

  • विद्यार्थीको कक्षा ५, ६, ७, ८ र १० को वार्षिक परीक्षा उत्तीर्ण गरेको मार्कसिट÷ग्रेडसिटको प्रमाणित प्रतिलिपि २ प्रति
  • विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि २ प्रति
  • विद्यार्थीको पासपोर्ट साइजको फोटो २ प्रति
  • बहालवाला सैनिकको हकमा परिचय पत्र २ प्रति
  • भूतपूर्व सैनिकको हकमा पेन्सनपट्टाको प्रमाणित प्रतिलिपि२ प्रति
  • सैनिकव्यक्ति स्वयं फारम भर्न यस विद्यालयमा उपस्थित हुननसकेमा कार्यरत यूनिटबाटै फारम भरी हस्ताक्षर गरेर info@advanceacademy.com.np मा इमेल गरी पठाउन सकिनेछ ।

थप जानकारीका लागि सम्पर्क व्यक्तिहरु:

श्री भिमबहादुर श्रेष्ठ (एसोसिएट प्रिन्सिपल)– ९८५११७०७८३
श्री टिका बहादुर नेपाली (सह–सेनानी, श्री देवीदत्त गण, धादिङ) –९८६८९२३४५१
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, जिल्ला कार्यालय, धादिङ, फोन नं: ०१०–५२१३५७