
धादिङ असोज १० । जनयुद्धको समयमा सदरमुकाममा गतिबिधि गर्न माओवादीले आधार क्षेत्रको रुपमा प्रयोग गर्ने गरेको नीलकण्ठ नगरपालिका २ बसाहबाट १७० जना भन्दा बढी नेकपा कार्याकर्ताहरु नेपाली काँग्रेसमा प्रवेस गरेका छन् ।
बसाहमा भएका एक विशेष पार्टी प्रवेस कार्यक्रमका बीच विष्णु कोईराला र रामचन्द्र रिजालको नेतृत्वमा १७० जना भन्दा बढी नेकपा कार्याकर्ताहरु नेपाली काँग्रेसमा प्रवेस गरेको गोपी कृष्ण भण्डारीले धादिङपोष्टलाई बताउनु भयो ।
जनयुद्धको समयमा सदरमुकाम नजिकको माओवादी आधार इलाकाबाट ठुलो संख्यामा काँग्रेसमा प्रवेस गर्ने भए सँगै गगन थापा ल्याउन तयारी दुई महिना पहिला देखि तयारीमा थियौं । यसै कारण पटक पटक यो कार्यक्रम सारियो पनि लकडाउनका कारण गगन थापा सार्वजनिक कार्यक्रमका नआएपछि अन्नतः आज जिल्ला समापति सहितका नेताहरु सहभागिता जनाई उक्त कार्यक्रम सम्पनन भएको नेता इश्वर अधिकारीले बताउनु भयो ।
नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला, पूर्व कानुन राज्यमन्त्री दिलमान पाखिन, पूर्व सभापति रामनाथ अधिकारी, भिमप्रसाद ढुङ्गाना, लगायतका नेताहरुले पार्टी प्रवेस गर्नेहरुलाई स्वागत गर्दै सदस्यता वितरण गर्नुभएको थियो ।
यस्तै सेमजोङबाट पनि केहिदिन अघि २०० जना भन्दा बढी नेकपा कार्यकर्ता काँग्रेस प्रवेस गरेका थिए ।
