
धादिङ असोज ९ । कुशल लोकदोहोरी गायक तथा शर्जक रुपमा चिनिदै आउनु भएका जेबी ओली र लोकप्रिय गायिका मेलिना राईको सुमधुर स्वरमा ‘काली आइ लभ यु’ म्युजिक भिडियो सार्वजनिक भएको छ ।
यस लोकदोहोरी म्युजिक भिडियोमा चर्चित नृत्य निर्देशक तथा मोडल शंकर बीसी र र नरेश वीर सिंहले निर्देशन गर्नुभएको छ, भने मोडलिङमा यी दुबै निर्देशक सहित महेन्द्र गौतम, अन्जली अधिकारी, करिश्मा ढकालको अभिनय देख्न सकिन्छ ।
नेपाली लोकदोहोरीको मौलिकतालाई आत्मसाथ गरिएको यस गीतको शब्द, संगीत जेबी ओली कै हो, भने संगीतमा उदाउदा एरेन्जर झलक संगीतमको अतिनै मिठास संगीत संयोजन रहेको छ ।
यस ‘काली आइ लभ यु’ भिडियोको छायांकन दुर्गा पौडेल गर्नु भएको हो, भने सम्पादन नवीन घर्ती मगरको रहेको छ । जेबी ओलीको यस अघिका ठमेल बजारमा, सबको रहर पैसा कमाउने, छायाँ, घोराही तुल्सिपुर लगाएतका धेरै गीतहरु चर्चित भएका थिए ।
यो पछिल्लो ‘काली आइ लभ यु’ ले पनि नेपाली लोक दोहोरीको मौलिकता समेटेको र भिडियोमा अभिनय होस या सम्पादनमा साथीहरुले असाध्यै मेहनत गर्नु भएकोले यो गीत पनि दर्शक तथा स्रोताहरुले मन पराउने आशा राखेको धादिङपोष्टलाई बताउनु भयो ।
भिडियो