धादिङ गल्छीका सन्तोष लामिछाने वन्यजन्तुको आखेटोपहार सहित पक्राउ

Avatar photo
Dhadingpost
बुधबार, अशोज ७, २०७७

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–४ का २८ वर्षीय सन्तोष लामिछाने विभिन्न वन्यजन्तुको आखेटोपहार सहित पक्राउ परेका छन् ।

पोखरा–३१ सिसुवाबाट मंगलबार साँझ वन्यजन्तुको आखेटोपहार सहित लामिछालाई पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरीका प्रवक्ता डीएसपी सुवास हमालका अनुसार लामिछानेको साथबाट चितुवाको छाला १, सालकको खपेटा १, वन्यजन्तुको हाड, खुट्टा तथा पंजा ३ किलो ७ सय ५० ग्राम बरामद गरिएको छ ।