फुलखर्कका बालबालिका गाँजाको लतमा फस्दै

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ ३०, २०७७

धादिङ भाद्र ३० । धादिङको गंगाजमुना गाउँपालिका अन्तरगत फुलखर्कमा धेरैजसोको बारीमा गाँजाको बोट अहिले पनि देख्न सकिन्छ । आफ्नो बारीको गाँजाको बोटका कारण बालबालिकाहरु गाँजाको लतमा फसेको अभिभावकहरुलाई चाहि पत्तो छैन ।

त्यस क्षेत्रका १०-११ वर्षका बालबालिका लुकी-कुली गाँजा खाने गरेको र विस्तारै लत बसी सकेको फुलखर्कका स्वास्थ्यकर्मीले धादिङपोष्टलाई बताउनु भयो ।

सानै उमेरमै बच्चाहरु नराम्रो साथीहरूको संगतले गाँजा अथवा चुरोटको लत पर्नुमा गल्ती कस्को होला ? गाँजा कानुनी हिसाबले नेपालमा रोप्न अनुमति छैन, तर फुल्खर्कमा धेरैको बारीमा हुनुमा अचम्म कसैले मानेको देखिँदैन ।

व्यक्तिगत हिसावले घरमै बसेर खाने माथी मेरो कुनै टिप्पणी नहोला तर सार्वजनिक ठाँउमा बसेर १०-१२ वर्षका बाल बालिकाले गाँजा तान्नु कदापी राम्रो मान्न सकिँदैन ति स्वास्थ्यकर्मी बताउनु हुन्छ । बालबालिकाहरु लुकेर खान्छन्, ठुलाहरु देखिने नै गरि सार्वजनिक स्थानमा बसेर गाँजा, तमाखु र चुरोट त सामान्य भएको छ । व्यक्तिगत रुपमा कति सम्झाउछु तर खै व्यवहारमा देखिँदैन ।

गाउँपालिका कार्यालय, पुलिस चौकी पनि फुलखर्कमा नै छ । अनि यस्तो बिकृती पनि फुलखर्कमा नै । यस्तो बिकृती आफ्नै पालिका भित्र भाइरहेको, जनप्रतिनीधिहरुलाई पनि थाहा छ । सानै उमेरमा बच्चाहरु यसको लतमा परेको पनि जानकारी छ तर पनि रोकथामको लागि कुनै कदम चालिएको चेखिँदैन ।