
धादिङ भाद्र ३० । धादिङमा आज (मंगबार) दश वर्षिय बालिका सहित ४ जनामा कोरोना भाईरस संक्रमण भएको पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या धादिङ ३२७ जना पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङले दिएको जनाकारी अनुसार धादिङमा आज संक्रकित हुनेमा गंगाजमुना गाउँपालिका वडा नं ७ की १० वर्षिय बालिका र ४४ वर्षिय पुरुष, गंगाजमुना गाउँपालिका वडा नं १ की २२ वर्षिया महिला र नीलकण्ठ नगरपालिका वडा नं ११ का ४१ बर्षिय पुरुष छन् ।