धादिङका संघ र प्रदेशका सांसदहरु यो कोरोना संकटमा के गर्दै छन् ?

Avatar photo
नारायण सिलवाल
बिहिबार, भदौ २५, २०७७

धादिङ भाद्र २४ । नेपालमा चैत्र ११ गतेबाट कोरोना रोकथामका लागि सरकारले लकडाउन सुरु गर्यो । संसारभर फैलिएको कोरोना भाईरस नेपालमा पनि वैदेशिक रोजगारीबाट फर्किएकाबाट प्रवेस गर्यो र फल स्वरुप चैत्र ११ गते देखि बन्दा बन्दी गर्न सरकार वाध्य बन्यो । सरकारले अहिले सम्म कोराना रोकथाम र उपचार कै लागी १२ अर्ब भन्दा बढी रकम खर्च भैसकेको जनाएको छ ।

नेपालमा रोकथाम र उपचारको लागि स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनीधीहरु नै मैदानमा देखिए । यसै सेरोफेरोमा हामीले धादिङका संघीय सांसद र प्रदेश सांसदहरु तपाईहरु यो कोरोना संकटमा कहाँ कस्तो अवस्थामा बस्नु भएको छ र जनप्रतिनीधि भएको नाताले यसको रोकथाम र उपचारका लागि के गर्न भयो भनेर सोधेका छौं ।

धादिङका संघीय २ जना सांसद र प्रदेशका ५ जना सांसद मध्य प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे पित्तको शल्यक्रिया पछि आराम गर्नु भएकोले फोन सम्पर्क हुन सकेन । उहाँको स्वकिय सचिव रविन भुजेल सँग सम्पर्क गर्दा म पनि यो कोरोना संकट अवधिमा पाण्डे सर सँग सँगै रहिन घरमा छु भन्नुभयो । जसका कारण हाम्रा प्रतिनिधिले गर्नु भएको प्रश्नको उक्त ६ जना सांसद यसरी दिनु भएको छ ।

लकडाउनको स्वरुप परिवर्तन भएपनि, नेपालमा कोरोनाको संक्रमितको संख्या बढि रहेको छ भने मृत्युदर पनि बढी रहेको छ । आजको मिति सम्म आईपुग्दा नेपालमा संक्रमित संख्या ४९,२१९ जना पुगेका छन् भने यस मध्य ३१२ जनाको मृत्यु भै भैसकेको छ ।

धादिङमा पनि अहिले सम्म २८२ जना संक्रमित भएका छन्, भने यस मध्य २ जनाको मृत्यु भएको छ । यस बीचमा तीन तहका सरकारमा प्रतिनीधित्व गर्ने जनप्रतिनीधिहरु कोरोना रोकथामका लागि राज्यले अवलम्बन गरेको योजनामा क्रियाशिल नै देखिएका छन् ।

हामीले धादिङका जनप्रतिनीधि बाहेकका, केहि नेताहरुलाई यो कोरोना महामारिको बीचमा कहाँ हुनु हुन्थ्यो, के गरि रहनु भएको छ, भनेर सोधेका थियौं । उहाँहरु सँग हाम्रा प्रतिनीधिले गर्नु भएको संक्षिप्त कुराकानी ‘

भुमी त्रिपाठी
संघीय सांसद, धादिङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

यो संकटमा अधिकाँश समय घरमा नै रहें, तर पनि जनतालाई सचेत गराउने कुरामा, कोरोना भाईरसबाट सचेत रहनका लागि सुरु देखि जनतालाई सुसुचित गर्ने काम गरें । संक्रमितलाई कहाँ राख्ने, क्वारेन्टाईन र आइसोलेशनको व्यवस्थाको विषयमा दिनरात नभनि लागियो । जिल्लामा स्वास्थ्य सामाग्रीहरुको तयारी शुन्य थियो । भएको स्रोत र साधनहरुलाई जिल्लाका सबै पालिकाहरुमा पुर्याउने कुरामा ध्यान दिने काम गरें ।
यहि बीचमा जन धनको क्षेति नै हुने गरि बाढी पहिरोले समेत स्थानीयहरुलाई त्रसित बनायो । मौवाखोलाको पुल बगाउँदा राजधानी सँगको सम्बन्ध विच्छेद नै बन्यो । यो बीचमा धेरै खटाई भयो । पिडित जनताको घर घर पुग्ने राहात र पिडामा मल्हम लगाउने काममा लागें । विस्थापित भएकाहरु मध्य जग्गा भएकाहरुको तृहि जग्गामा सरकारले आवस गृह निमार्ण गरि दिने र जग्गा नभएकाहरुको जग्गा समेत उपलब्ध गराई सरकारले घर बनाई दिने सरकारको निर्णयमा आफुले अहम भुमिका खलेको छु । संसद भित्रको कृषि समितिमा रहेको हुँदा कृषि मलको अभवले मुलुकभरका किसानको मर्कामा नबोल्ने कुरै भएन । विशेषत धादिङका किसानले पहिला मकै बालिको लागि मल पाएनन्, अहिले धान बालिको लागि मल पाउन नसक्दा थप चिन्तित बने साल्ट ट्रडिङलाई आफैले निर्देशन गरि मल वितरणमा न्यायोचित होस् भनेर धादिङमा आवश्यक मात्रामा मल पठाउन नसके पनि केहि मात्रामा भए पनि मल पठाउन पहल गरें ।

खेमप्रसाद लोहनी
संघीय सांसद, धादिङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

म यो कोभिडको समयमा सुरुमा काठमाडौंमा रहें त्यो बेला सदन पनि चलिरहेको थियो । त्यसपछि जिल्ला आउने र काठमाडौं जाने भै रह्यो । जता रहेपनि कोभिड रोकथामका लागि पहल नै भयो । जिल्लामा भएको विपद व्यवस्थापन समितिको वैठकमा पनि आएको छु । कोभिड नियन्त्रण गर्ने, जनतालाई जोगाउने सरकारको अभियानमा सबै लागौं, पैसा खर्च गर्ने काममा कुनै कमि नगरौ, भन्ने प्रस्ताव राखेको छु । आफु सुरक्षित रहँदै, सरकारले गरेको निर्देशन अनुरुप काम भए नभएको जिल्लाको विभिन्न ठाउँहरुमा पुगेर अनुगमन तथा निरिक्षण समेत गरेको छु । संघिय सरकारको माताहतमा रहेका मन्त्रालयहरु सँग कोर्डिनेश गर्ने, औषधी व्यवस्था विभागमा कयौ पटक पुगेको छु । धादिङमा आवश्यक सामाग्री उपलब्ध गाराउने सम्बन्धमा । म आफैले चाहि स्वास्थ्य सामाग्री वितरण गर्दै हिडिन तथापी नीतिगत रुपमा, समन्वय गर्ने र समाधानका लागि निरन्तर प्रयासरत रहें ।

शालिकराम जमकट्टेल
मन्त्री बागमती प्रदेश,
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

नसोचेको महामारि विश्वभरका समुदायलाई तरंगित बनाउने गरि फैलियो । यस्तो अवस्थामा हामी अछुतो रहेनौं । कोरोना न्युनिकरण तथा रोकथामका लागि प्रदेश सरकारले मेरो नै संयोजकत्वमा कोभिड रोकथाम समिति बनायो । समिति बनाए सँगै प्रदेश सरकारले ५० कोरोडको कोभिड कोष बनायो भने अन्य सहयोगस्बाट ३ करोड गरी कोषमा ५३ कोरोड पैसा जम्मा गरें ।
उक्त कोषबाट तत्काल कोरोना रोकथाम तथा नियन्त्रणको लागि महानगरापलिकालाई २० लाख, उप महानगरपालिकालाई १५ लाख, नगरपालिकालाई १० लाख, गाउँपालिकालाई ५ लाख र जिल्ला प्रशासनलाई ५ लाख रुपैया प्रदान गर्यौं । कोभिड नियन्त्रणको पहिलो काम यहि हो । अहिले भर्ख रै प्रदेशले फेरि कोभिड रोकथाम तथा उपचारको लागि २० करोड रुपैया विनियोजन गरि सकेको छ ।
कल्ले पहल गर्यो भन्नु भन्दा पनि प्रदेश सरकारले यस अघि नै धादिङ जिल्ला अस्पताललाई ५० शैयाको अस्पताल बनाउने भनेर घोषणा गरि सकेको थियो । यस अन्तरगत जिल्ला अस्पताल ५० शैयाको बन्दैछ यसको लागत सबै प्रदेश सरकारले व्यहोर्ने निर्णय भईसकेको छ । कोभिड नियन्त्रण कै लागि पनि धादिङ अस्पताललाई ३ पटक प्रदेश सरकारले वजेट पठाई सकेको छ । सुरुमा १९ लाख, दास्रो चरणमा ७५ लाख आयो र अहिले १ करोड आएको छ । यो कुनै व्यक्ति विशेषको पहलमा आएको हैन । यसमा धादिङका मात्रै नभएर प्रदेश भरिका जनप्रतिनीधिहरुको योगदान छ ।
जिल्ला विपद रोकथाम समितिको सुरुको मिटिङमा पनि आएको थिए । राजमार्ग क्षेत्रका तरकारी व्यवस्थापन, रासायनिक मलको अभाव पुर्तिका लागि प्रयास गरें । बाढी पहिरोको क्षेति निरिक्षण, राहात वितरण र मौवाखोलाको पुल बगाए पछिको यातायात अवरुद्धलाई तत्काल सूचारु गराउन मनै सदकमा आएको सबैलाई जानकारी नै छ । विस्थापितहरुको लागि राहातको प्याकेज ल्याईयो । आवश्यक टेन्ड र खाद्यान्न सहयोग गरियो । प्रदेश सरकारको मन्त्रीले खेल्नु पर्ने भुमिकामा कुनै कमि नराखेको आफुलाई लागि रहेको छ ।

जगत सिंखडा
प्रदेश संसद धादिङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

कोरोनको संकटको सुरुवात मै म हेलिबाट स्वास्थ्य सामाग्री बोकेर उत्तरी धादिङको रुबीभ्याली पुगें । सँगै पैदलबाट खनियाबास सम्म स्वास्थ्य सामाग्री व्यवस्थापनको लागि सक्रिय सहभागिता जनाए । पछिल्लो चरण बाढी पहिरोबाट विस्थापित हुन पुगेका हिन्दुक लगायतका ठाउँहरुमा हेलि मार्फत उद्दार सामाग्री सहित पुगें ।
कोरोनाको संकटमा परेका जिल्ला बाहिर रोकिएका धादिङबासीलाई जिल्ला फर्काउने पहिलो अभियान कर्ता मै हुँ । त्रिपुरासुन्दरीको मुलपानी, आगिञ्चोक लगायतका क्षेत्रमा बाढी पहिरोले पुर्याको क्षेतिको अवलोकत तथा तत्काल गर्न सकिने सहयोगको विषयमा गाउँपालिका सँग छलफलमा व्यस्त रहें ।
सार्वजनिक महत्वको रुविभ्यालि एकीकृत विकास परियोजना मेरो आफ्नै परिकल्पना भएकोले जिल्ला समन्वयको कार्यक्रममा समेत सहभागिता जनाएँ । विकास निमार्णको पहिला भएका कामको अनुगमनका लागि यहि संकटको बीचमा पटक पटक फिल्ड मै गएर अनुगमन गरेको छु ।
यहि संकटको बीचमा ४ पटक सदनको सिलसिलामा हेटौडा पुगेको छु भने धादिङ १६ पटक आएको छु । म जनताको बीचमा छु । म मजदुर संगठनको नेता भएका कारण मजदुरका समस्यहरुलाई सम्बोधन गर्न सम्बन्धित निकाएको ध्यानाकर्षण गराएको छु । मजदुरहरु सँग भचुअल मिटिङ गरेको छु ।

डा. रामकुमार अधिकारी
प्रदेश सांसद धादिङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)

म कोरोनाको संकटको अधिकांश समय प्रदेश राजधानी हेटौडामै रहें । यो अवधिका धादिङ अस्पतालको भवनमा एक तला थप गर्नको लागि प्रदेशबाट १ करोड स्वीकृत गराउन सफल भएको छु । दोस्रो मेरै पहलमा जिल्ला अस्पतालका आईस्यु कक्ष थप गर्न २ करोड थप स्वीकृतको अन्तिम चरणमा छ । धादिङबेसी जिल्ला अस्पतालमा नै पीसीआर चेक जाँचको लागि व्यवस्था गर्न पहल गरेको छु । आईसुलेशन र क्वारेन्टाईनमा रहेका संक्रमित सँग निरन्तर समन्वयमा छु ।
यो अवधिमा म राजनीतिक कार्यक्रमहरुमा सहभागिता जनाईन म आफै स्वास्थ्यकर्मी म आफै संक्रमित पनि हुन सक्छु त्यसैले सामाजिक दुरीको अत्यन्त ख्याल गरे । पीसीआर सम्बन्धमा मैले गरेको रिसर्चलाई अहिले विश्व स्वास्थ्य संगठनले समेत लागु गरेको छ ।

डा. राजाराम कार्की
प्रदेश सांसद, नेपाली काँग्रेस

यो कोरोना संकटको समयमा धादिङ र काठमाडौमा बराबरै जस्तै बसें भने, केहि दिन प्रदेश राजधानीमा समेत बसें ।
म जन प्रतिनीधि त हो, सथै डाक्टर पनि हुँ । म झण्डै ३० वर्ष देखि डाक्टर पेशामा आवद्ध नै छु । मैले निःशुल्क स्वास्थ्य चेक जाँच गरि रहेको छु । राजनीति मेरो पेशा नभएर समाज सेवा हो । यस मानेमा राजनीतिकर्मीहरुको भन्दा मेरो विचार फरक छ मैले राजनीतिलाई हेर्ने भनेको समाजसेवा हो यो पेसा हैन । यो कोरोना संकटमा उपचारमा संलंन डाक्टरहरु समेत डराई रहेको बेला पीपीईको साथमा म निरन्तर बिरामीको उपचारमा लागि रहेको छ । यो अवधिमा पार्टीगत वा अन्य सामाजिक दुरी कायम नगरिएको कार्यक्रममा सहभागि पनि भईन गर्न हुन्न । कार्य सम्पादन र जनतालाई सम्पर्क गर्न सजिलो होस भनेर यसै बीचमा सिरानबजारमा कार्यालयमा समेत संचालनमा ल्याएको छु ।