
धादिङ भाद्र २० । धादिङबेसीबाट प्रसारण भैरहेको रेडियो धादिङ र एकीकृत सामुदायिक विकास अभियानको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
रक्तसंचार सेवा केन्द्र धादिङको प्राङ्गणमा शनिबार भएको उक्त कार्यक्रममा २७ जना महिला र ७२ जना पुरुष गरि ९९ जनाले रक्तदान गरेको थिए ।
यस्तै शुक्रबार मात्र सोहि स्थानमा रेडक्रसले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा ६१ जनाले रक्तदान गरेका थिए ।