धादिङको नोहक गुफा बारे जानकारी

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १८, २०७७

धादिङ भाद्र १८ । धादिङ जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एसियाकै ठुलो नोहक गुफा रहेको छ । यो गुफा सरकारले घोषणा गरेको सय गन्तव्य भित्र समेत परेको ।

बेनिघाट बजार देखि २१ किमि दुरीमा पार गरेपछि पुग्न सकिने यस नोहक गुफा प्राकृतिक सुन्दरताले भरिपूर्ण छ ।

स्थानीयहरुले जंगलमा मृगको सिकार गर्न जाने क्रममा नोहक गुफा पत्ता लगाएका हुन् । नेपालका गुफाहरू मध्ये सुन्दर र रमणिय रहेको बेनीघाट रोराङ गाउँपालिकाले दावी गर्दै आएको छ ।

बेनिघाट रोराङ गाँउपालिका वडा नम्बर–८ मा रहेको सो गुफाको प्रवेश मार्ग पुग्दा झित्री बाटोहरु चौतर्फी फैलिएको र पानी झरेको आवाज सुनिन्छ । साथै गुफा भित्र जाँदा रमाईलो दृश्य देख्न सकिन्छ ।

गुफा भित्र झन्डै तीन तला सम्म मज्जाले हिंड्डुल गर्न मिल्ने र ३ दखि ५ सय जना सम्म बस्न मिल्ने चुन पग्लेर बनेको भगवानका आकृति पनि रहेको छ ।