धादिङका कलाकारद्वारा दशैं लक्ष्यित ‘रित्तो मझेरी’ सार्वजनिक

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ १६, २०७७

धादिङ भाद्र १६ । अघिल्लो पुस्तालाई साथमा राखेर पछिल्लो पुस्तालाई कलाकारितामा सहभागी गराउँदै अगाडी बढेको पात्र हो संचारकर्मी धर्मेन्द्र श्रेष्ठ ।

टेलिफिल्म देखि दर्जौनौं म्युजिक भिडियो सार्वजनिक गरेका संचारकर्मी श्रेष्ठको भावुक बनाउने कथामा दशैं तिहार लक्ष्यित ‘रित्तो मझेरी’ म्युजिक भिडियो सार्वजनिक भएको हो ।

‘रित्तो मझेरी’ लोक गितमा नेपाल आईडलबाट चर्चामा रहनु भएकी गायीका रचना रिमाल र धादिङ सिरानबजार निवासी किसन विनायको सुमधुर स्वर रहेको छ ।

धादिङमा सम्भावित कला र गला बोकेका बाल कलाकारलाई समेत यस म्युजिक भिडियोले स्थान दिएको छ । बालकलाकारहरुमा धादिङ नीलकण्ठ नगरपालिका रामकोटका प्रदिप श्रेष्ठ, दिपा श्रेष्ठ, निष्सा श्रेष्ठ रुसन भट्टराईले यस म्युजिक भिडियोमा राम्रो अभिनय गरेका छन् ।

यस्तै यस गितमा करन राना, गिता अधिकारी, राजे श्रेष्ठ, रवि भट्टराई, राधिका दंगाल, प्रकाश ढकाल लगायतले अभिनय गरेका छन् । गीतको शब्द रचना गायक सिताराम परियारले गर्नुभएको हो ।