
एजेन्सी भदौ ११ । गोरा प्रहरी अधिकारीले एक काला नागरिक ज्याकोव माथि उनको छोराछोरीकै अगाडी गोली हानेर मरणाशन्न अवस्थामा पुर्याएको बिरोधमा अमेरीकामा फेरी प्रदर्शन चर्किएको छ ।
विस्कन्सिन राज्यमा प्रहरीको गोलीले दुई जनाको मृत्यु भएको छ, भने अर्का एक जना गोली लागी ज्याकोब ब्लेक गम्भीर घाइते भएकाम छन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा एक कारमा आड लागेका २९ वर्षीय ब्लेकलाई ७ पटक गोली प्रहार गरिएको भिडियो भाईरल भएको थियो ।
त्यसयता कफ्र्युको उल्लंघन गर्दै स्थानीयले प्रदर्शन जारी राखेका छन् । प्रदर्शनमा हिंशात्मक झडप भईरहदा स्थानीय समेत केनेसामा बन्दुकै बोकेर सडकमा निस्किएको बताईएको छ । आन्दोलनकारीले सरकारी भवन, गाडीहरुमा आगजानी गरेका छन् ।
विस्कन्सिनका गभर्नर टोनी एभर्सले सहरमा जारी प्रदर्शन रोक्न थप फौज परिचालन गरिएको जनाएका छन् । विस्कन्सिनमा संकट घोषणा गरिएको छ ।