कोरोनाको भन्दा हैजाको डर भयो, मेयर साव, भन्ने समाचारमा टेकबहादुर तामाङको खण्डन

Avatar photo
Dhadingpost
सोमवार, भदौ ८, २०७७

धादिङबेसी भाद्र ८ । धादिङपोष्टले भाद्र ६ गते प्रकाशित गरेको धादिङबेसी मिलनटोमा कोरोनाको भन्दा हैजाको डर भयो, मेयर साव भन्ने शिर्षकको समाचार बारे टेकबहादुर तामाङले खण्डन गर्नु भएको छ ।

स्थानीय प्रसंसा टोलका टेकबहादुर तामाङले ०६० सालदेखि हाल सम्म सेफ्टी ट्याङ्की रातको समयमा नालामा फाल्ने गरेको र यस विषयमा पटक-पटक मेयर ढुङ्गानाको ध्यानाकर्षण गराउँदा पनि नगपालिकाले कुनै कदम नचालेको सामाजिक सञ्जालबाट मेयर ढुङ्गानाको कटाक्ष भएको कुरालाई धादिङपोष्टले समाचार बनाएको थियो ।

सामाजिक संजालमा व्यक्त गरिएका कुराहरुको स्कृन सर्ट समेत राखि प्रकाशित समाचारमा घर धनी टेकबहादुर तामाङले खण्डन गर्दै भ्रामक समाचार नछाप्न समेत भनेका छन् ।

धादिङपोष्ट प्रतिनीधि उक्त स्थानमा पुग्दा समेत दुर्गन्छ आएको र प्रत्यक्ष स्थानीयलेहरु पनि दुर्गन्धले बस्नै नसकिने भएको बताएपछि उक्त समाचार प्रकाशित गरिएको थियो ।

टेकबहादुर तामाङको खण्डन जस्ताको तस्तैः

धादिङपोष्टले प्रकाशित गरेको समाचार यस्तो थियो ।