धादिङ-नुवाकोट, यूके समाजद्वारा जिल्ला अस्पताललाई पोर्टेवल अक्सिजन मेसिन सहयोग

Avatar photo
हरि नेपाली
बिहिबार, भदौ ४, २०७७

धादिङ भाद्र ४ । धादिङ-नुवाकोट, यूके समाजले धादिङ जिल्ला अस्पताल र नुवाकोट जिल्ला अस्पताललाई पोर्टेवल अक्सिजन मेसिन सेट सहयोग गरेको छ ।

जिल्ला अस्पताललाई अत्यन्त आवश्यक रहेको जानकारी आएपछि हामीले धादिङ र नुवाकोट जिल्ला अस्पताललाई धादिङ-नुवाकोट, यूके समाजले पोर्टेवल अक्सिजन सेट मेसिन सहयोग गरेको होऔं, अध्यक्ष सि. बि. लामाले धादिङपोष्टलाई बताउनु भयो ।

नेपाली चार लाख पर्ने अमेरिकन कम्पनीको उक्त पोर्टेवल अक्सिजन मेशिन सेट नेपाल स्वास्थ्य मन्त्रालय मार्फत हस्तान्तरण गरिनु पर्ने हुँदा, धादिङका प्रदेश सांसद डा. रामकुमार अधिकारीले बुधबार मन्त्रालय प्रवक्ता डा.जलेश्वर गौतमलाई भेट गर्नु भएको थियो ।

यूकेमा रहेका साथीहरुले चन्दा उठाएर महत्वपूर्ण सामान पठाई दिनु भएको छ हामी आभारी छौं, छिटो भन्दा छिटो सम्बन्धित जिल्ला अस्पताललाई हस्तान्तरण गर्ने समय मिलाउन मन्त्रालयका प्रवक्ता गौतम अनुरोध गरेको छु, सांसाद अधिकारीले बताउनु भयो ।