रुपक परियार र स्मृती गौतमको “एक्लो बर” सार्वजनिक

Avatar photo
Dhadingpost
शनिबार, साउन ३१, २०७७

धादिङ साउन ३१ । धादिङका युवा गायक स्वरका धनी रुपक परियार र चर्चित गायीका स्मृती गौतमको स्वरमा “एक्लो बर” लोक दोहोरी म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

म्यूजिक नेपालले सार्वजनिक गरेको “एक्लो बर” म्यूजिक भिडियो मौलिक डान्सिङ लोक दोहारी रहेको गायक परियारले धादिङपोष्टलाई बताउनु भयो ।

गितको म्युजिक भिडियोमा सञ्जिव ठकुरी, अशोक कुमार सापकोटा, आयुष्मा कार्की र ईशा खत्रीको अभिनय रहेको छ । निरेन श्रेष्ठको निर्देशन, अमोन रानाको कोरियोग्राफी, मरुभुमी नारायणको छायांकन र रोशन धितालको सम्पादनमा तयार भएको भिडियो आइतबार सार्बजनिक भएको हो ।

रुपक परियारले यस अघि “वर को बोट , नौबिसे बजार मा, मन भरी , माछी बल्छी मा , झुपडीको बास, खानिखोला छेउ , रातो सारी, चौतारीमा , यो तिज मा”, लगाएत थुप्रै गिहरु बजार ल्याई सक्नु भएको छ ।

म्यूजिक भिडियो “एक्लो बर”