मकाउबाट नविन धमलाको पहलमा धादिङका मृगौला रोगी रिजाललाई आर्थिक सहयोग

Avatar photo
Dhadingpost
मङ्लबार, साउन २०, २०७७

धादिङ साउन २० । धादिङको नीलकण्ठ नगरपालिका ९ मुरलीभञ्ज्याङका दुबै मृगौला फेल भएका रामकृष्ण रिजालको उपचारका लागि मकाउबाट सहयोग रकम प्राप्त भएको छ ।

मकाउमा कार्यरत नविन धमलाको पहलमा ग्यालेक्सी क्यासिनो मकाउमा कार्यरत सिक्युरिटीहरुबाट दुबै मृगौला फेल भएका मुरलीभञ्ज्याङका रिजालको उपचारको लागि ५१ हजार नगद सहयोग रकम प्राप्त भएको हो ।

बिगत ५ बर्ष देखि डाइलासिस गराउदै आउनु भएकोे रिजाल लाखौं रकम उपचार खर्चमा सकिएपछि आर्थिक अभावमा घरमा नै बस्दै आउनु भएको थियो । उपचारको लागि सहयोग उठ्ने क्रम जारी रहे सँगै मृगौला प्रत्यारोपण गराएरै छोड्ने बिरामी रामकृष्ण रिजाल र उनकी श्रीमती रञ्जीला रिजाल बताउनु हुन्छ ।

सामाजिक सेवाभाव भएका नविन धमलाले पठाई दिएको उक्त रकम स्थानीय खिलबहादुर धमला, भक्त बहादुर रेग्मी, प्रयास रेग्मी लगायतले मङ्लबार बिहान विरामी रामकृष्ण रिजाललाई हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरण गर्दै खिलबहादुर धमलाले मृगौला प्रत्यारोपणका लागि सो रकम प्रयाप्त नभएकोले अन्य सहयोगीहरुलाई पनि यो उपचार अभियानमा हातेमालो गर्न समेत आग्रह गर्नु भयो ।