
धादिङ साउन १० । धादिङबेसी स्थित नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोटका २५ वर्षिय हित नारायण श्रेष्ठले आर्थिक कारणले आफ्नो उपचार रोकिएको बताएबताए सँगै मकाउबाट सहयोग प्राप्त भएको छ ।
अनुहार उज्यालो छ, उपचार गर्न सके अझै ठमठम हिन्न सकिने उनको आत्म विश्वस छ, तर ओछ्यानमा सुतेको ३ वर्ष भयो, मेरुदण्ड भाँचिएकोले शरीर हलचल गर्न सक्दैनन् उनलाई अभिशाफ बन्यो ३ वर्ष पहिला पोखराको डेरा भएको घरको ३ तला माथिबाट लड्नु ।
आर्थिक अवस्था कमजोर श्रेष्ठले आफु सँग भएको र ऋण लिएको गरि २० लाख पोखरा कै मणिपाल अस्पतालमा सिध्याए । तर उनको उपचार गर्न मणिपालले सकेन र काठमाडौ लैजा भनेर पठाई दियो ।
पैसा थिएन घरमा आएर थन्किन वाध्य भए, हित नारायण श्रेष्ठ । अहिले पनि उनी मासिक ६ हजारको औषधी खाई रहनु पर्ने वाध्यता छ, त्यहि पैसा जुटाउन पनि उनको बुबालाई हम्मेहम्मे परेको उनी बताउँछन् ।
आर्थिक अवस्था कमजो भएकोले उपचार गर्न सकेनन् हित नारायणले भनेर विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि मकाऊमा रहेका मुरलीभञ्ज्याङका स्थानीय नविन धमलाले आफु काम गर्ने ग्यालेक्सी क्यासिनोमा कार्यत नेपाली सेक्युरिटीहरुसँग १ लाख २ हजार २९० रुपैंया सहयोग संकलन गरि पठाई दिएका छन् ।
सामाजिक सेवामा रुचि राख्ने नविन धमलाले पठाई दिएको उक्त रकम स्थानीय प्रयास रेग्मी, खिलबहादुर धमला लगाएतले शनिबार बिहान विरामी हित नारायण श्रेष्ठलाई हस्तान्तरण गरेका थिए । रकम हस्तान्तरण गर्दै खिलबहादुर धमलाले यो रकम उनको उपचारका लागि प्रयाप्त नभएकोले अन्य सहयोगीहरुलाई पनि यो उपचार अभियानमा हातेमालो गर्न समेत आग्रह गरे ।
वडामा गए, नगरपालिका गए तर वास्ता गरेनन्, पत्रकार साथीहरु आउनु भयो समाचार बनाई दिनु भयो मकाउबाट नविन जीहरुले सहयोग गर्नु भयो अब अस्पताल लाने बाटो खुल्यो आँशु पुस्दै उनकी आमाले भनिन् मेरो छोरालाई अब काठमाडौ अस्पताल लैजान सहयोग गर्ने सबैलाई धन्यावाद ।
मकाउमा कार्यतर नेपालीहरु सँग धमलाले अर्का सहयोग संकलन गरि अर्का एक विरामीलाई पनि १ लाख २ हजार २९० रुपैया पठाएका छन् । उक्त रकम केहि दिनमा प्रदान गरिने स्थानीय खिलबहादुर धमलाले धादिङपोष्टलाई बताए ।