गरिबीले उपचार गर्न नसकेका श्रेष्ठलाई धादिङका मोबाईल विक्रेताको सहयोग

Avatar photo
Dhadingpost
आइतवार, असार २८, २०७७

धादिङ असार २८ । नीलकण्ठ नगरपालिका वडा नम्बर ८ रामकोटका हित नारायण श्रेष्ठको ३ वर्ष अघि लडेर मेरुदण्ड भाँचियो । आफुसँग भएको पैसा उपचारमा सकेर निको नहुँदै घर फर्कन वाध्य भए ।

आर्थिक अवस्था कमजोर श्रेष्ठले आफु सँग भएको र ऋण लिएको गरि २० लाख उपचारमा सके तर उनको उपचारले पूर्णता पाउन सकेन । आर्थिक अभावका कारण उपचार गर्न नसके पछि घर फर्किएका उनलाई धादिङमा मोबाईल फोन विक्रेताहरुले १७ हजार ५ सय सहयोग गरेका छन् ।

श्रेष्ठको ढाडभन्दा तल पुरै शरीर नचल्ने अवस्थामा छ । सदरमुकाम नजिकै भएर पनि हालसम्म कुनै सहयोगी ध्यान नगएकोले यो अभियान मोबाईल व्यवसायीहरुले सुरु गरेको व्यवसायी गुण नारायण श्रेष्ठले धादिङपोष्टलाई बताए ।

हालसम्म वडा नगरपालिका लगायत कुनै पनि संघ संस्थाले सहयोग गरेको पाइएन अस्पतालले उपचार गरे पूर्ण निको हुने बताएको रहेछ आफुले सकेको सहयोग गर्न मोबाईल व्यवसायी श्रेष्ठले आव्हान गरे । तस्वीरः गुण नारायण श्रेष्ठ