
धादिङ जेष्ठ १८ । धादिङको नीलकण्ठ नगरपालिका ९ मुरलीभञ्ज्याङका दुबै मृगौला फेल भएका रामकृष्ण रिजालको उपचारका लागि सहयोग आउने क्रम जारी रहेको छ ।
न्युजिल्यान्डमा बसोबास गर्दै आएका नीलकण्ठ नगरपालिका ८ का अर्जुन लम्सालको सक्रियतामा संकलन भएको ७१ हजार ३ सय ३८ नेपाली शनिबार मृगौला रोगी रिजाललाई हस्तान्तरण गरिएको छ ।
२०७२ सालखि दुवै मृगौलामा फेल भएपछि नियमित डाईलोसीस गर्दै आएका लम्सालले अहिले सम्म उपचारका लागि ३० लाख सकिएको बिरामी रिजालकी श्रीमती रञ्जीला रिजालले बताईन् ।
धेरै रकम उपचारमा खर्च सकिएपछि आर्थिक अभावले उपचारमा समस्या देखिएकाले रिजालको परिवारले आर्थिक सहयोगका लागि आग्रह गरेको थियो ।
यस अघि अमेरिकामा बस्दै आएका धादिङका गणेश लम्सालको नेतृत्वमा संकलित २ लाख ४५ हजार १ सय २५ रुपैँया सहयोग पिडित रिजालले प्राप्त गरेका थिए ।