
धादिङ साउन १७ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ गैह्राबारीका अन्दाजी ४५ वर्षिय शिबकुमार श्रेष्ठले उपचारका लागि मकाउबाट नविन धमला पहलमा संकलित ५१ हजार सहयोग प्राप्त गरेका छन् ।
आर्थिक अभावका कारणले उपचार उपचार हुन नसकेको विषयमा मिडियामा समाचार सम्प्रेसण भए वैदेशिक रोजगारीको सिलसिलामा मकाउ ग्यालेक्सी क्यासिनोमा कार्यरत धमलाले साथीहरुको समन्वयमा आर्थिक संकलन गरि श्रेष्ठलाई पठाएका हुन् ।
उक्त रकम शनिबार बिहान खिलबहादुर धमला, प्रयास रेग्मी लगायतले बिरामी शिबकुमार श्रेष्ठलाई हस्तान्तरण गरेका थिए ।
अनुहार उज्यालो छ, उपचार गर्न सके अझै हिन्न सकिने उनको आत्म विश्वस छ, तर ओछ्यानमा सुतेको डेढ वर्ष भयो । बारिको कान्लाबाट लडेर घाँटीको हड्डी भाँचिएकोले शरीर हलचल गर्न सक्दैनन् ।
आर्थिक अवस्था कमजोर श्रेष्ठले आफु सँग भएको र ऋण लिएको गरि करिब १० लाख ट्रमा सेन्टर काठमाडौमा उपचारको क्रममा सिध्याए । थप उपचारको लागि नसा सम्बन्धी अस्पतालमा जान भनिएको तर उपचार गर्न खर्च अभाबले घर ल्याएर राखेको उनकि श्रीमतीले बताइन् ।
घरमुली आफै भएको छोरीहरुको पालन पोषणको जिम्मा आफ्नै भएकोले उपचार गर्दागर्दै पैसा सकियो त्यसैले घरमा आएर थन्किन वाध्य भए शिबकुमार श्रेष्ठले गुनासो पोखे ।
यस अघि मकाउ मकाउबाट विन धमलाकै पहलमा तीन तलाबाट लडेर मेदण्ड भाँचिए सँगै आर्थिक अभावले उपचार गर्न नसकि ओछ्यान मै सुति रहेका नीलकण्ठ ९ कै हित नारायण श्रेष्ठले १ लाख २ हजार २९० रुपैया सहयोग पाएका थिए ।