
धादिङ साउन १६ । धादिङको नीलकण्ठ नगरपालिका १२ स्थित साङकोषका रमेश कमर १८ लाख नेपाली रुपैयाँ ठगि गरेको आरोपमा पक्राउ परेका छन् ।
विदेश पठाइदिने प्रलोभनमा पारी विभिन्न व्यक्तिहरुबाट नगद १८ लाख रकम ठगी गरेको आरोपमा साङकोषमा २६ वर्षीय कमर प्रहरीले पक्राउ गरेको हो ।
ठगि गरी फरार रहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँको बसुन्धाराबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । हाल उनलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौमा राखिएको छ ।