धादिङबेसीमा पहिलो पटक भेटिए संक्रमित, यो सँगै संक्रमितको संख्या १३७ पुग्यो (विवरण सहित)

Avatar photo
Dhadingpost
साउन १४, २०७७

धादिङ साउन १४ । धादिङ जिल्लमा १ सय ३७ जना संक्रमित पुगे सँगै धादिङबेसी सदरमुकाम बजारमा पहिलो पटक १ जना कोभिड १९ संक्रमित भटिएका छन् ।

बुधबार ७ जना संक्रमितहरु थपिए सँगै धादिङमा संक्रमितको संख्या १३७ जना पुगेको हो भने धादिङबेसी सदरमुकाममा १ जना संक्रमित भेटिएको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले धादिङपोष्टलाई बताए ।

बुधबार भेटिएका संक्रमितहरु नीलकण्ठ ३ का ३ जना, नीलकण्ठ १२ का २ जना, सिद्धलेक ४ का १ जना, खनिवावास २ का १ जना रहेको स्वास्थ्य संयोजक रिजालले बताए ।

यो संगै धादिङमा संक्रमितहरु हुनेको संख्या १ सय १४ जना पुरुष र २३ जना महिला पुगेको छ भने ७ जना बाहेक सबै निको भएर घर फर्कि सकेका छन् ।

धादिङमा अहिले सम्मको कोरोना संक्रमितको विवरण

  • नीलकण्ठ नगरपालिकामा ६६ जना
  • ज्वालामुखी गाउँपालिकामा २९ जना
  • त्रिपुरासुन्दरी गाउँपालिकामा २१ जना
  • सिद्धलेक गाउँपालिकामा ४ जना
  • नेत्रावती डब्जोङका गाउँपालिकामा २ पुरुष
  • बेनिघाट रोराङका गाउँपालिकामा २ जना
  • गल्छी गाउँपालिकामा ३ जना
  • थाँक्रे गाउँपालिकामा ३ जना,
  • धुनीबेसी नगरपालिकामा १ जना
  • गजुरी गाउँपालिकामा ३ जना
  • खनियाबास गाउँपालिकामा ३ जना