धादिङको थाक्रेमा पहिरोले च्यापिएर एक जनाको मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, साउन ९, २०७७

धादिङ साउन ९ । धादिङको थाक्रे गाउँपालिका स्थित रानीबारी कार्कीगाउँमा घर माथीबाट आएको पहिरोले च्यापिएर एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

कार्कीगाउँ रानीबाीका ५५ वर्षिय सानुबाबु पन्त घर माथिबाट पहिरो आएपछि गोठ भत्किन लाग्यो भनेर भैंसी फुकाउन गोठमा जांदा उक्त घटना उक्त घटना भएको प्रहरीले जनाएको हो।
पहिरोमा परि १ वटा राँगो, २ वटा बाखा पनि च्यापिएर मरेका छन् ।

मृतक पन्तको शवलार्ई महादेवबेसी प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलिले मुचुल्काउठाई पोस्टमार्टमको लागि गजुरी स्वास्थ्य केन्द्र पठाएको थाक्रेबाट विकास भण्डारीले धादिङपोष्टलाई जानकारी दिए ।